निर्वाचन आयोगले मङ्सिर १४ गते हुन लागेको उप-निर्वाचनमा दर्ता भएको उम्मेदवारीहरुको अन्तिम नामावाली आज प्रकाशन गर्ने भएको छ। प्रधिनिधिसभामा एक र प्रदेश सभामा ३ रिक्त स्थानका लागि कार्तिक २१ गते उम्मेदवारहरुले आयोगमा गई आफ्नो उम्मेदवारी दिएका थिए।
बिहिबार दिएको उम्मेदवारीविरुद्ध आयोगले शुक्रबार उजुरी दिने समय निर्धारण गरेको थियो। उजुरीका आधारमा आयोगले जाँचबुझ गर्ने तालिका थियो तर उम्मेदवारीविरुद्ध कुनै उजुरी नपरेपछि आयोगले आज नामावली प्रकाशन गर्न लागेको हो।
आयोगले आज बिहान १० बजे देखि दिउसो १ बजेसम्म उम्मेदवारहरुलाई आफ्नो नाम फिर्ता लिने समय दिएको छ। आयोगले आज बेलुका नै नामावली प्रकाशन गर्ने जानकारी दिएको छ । भोलि आयोगले उम्मेदवारहरुलाई चिन्ह प्रदान गर्ने भएको छ।
प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारी चयन सकिएपछि स्थानिय तहको निर्वाचनको उम्मेदवारीका लागि आयोगले कार्तिक २७ गते तय गरेको छ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय