हिमाल दैनिक
प्रदेश प्रमुखको नियुक्ति आयोगको आचार संहित विपरीत छैन
nirwachan ayog
सत्तारुढ दलको सिफारिसमा सातै प्रदेशका प्रमुखमा भएको नियुक्ति र अघिल्लो सरकारले नियुक्त गरेका प्रमुखहरुको वर्खास्तलाई निर्वाचन आयोगले आचार संहित विपरीत नभएको जनाएको छ । निर्वाचन आयोगले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रदेश प्रमुखको हेरफेर आचार संहिता बिपरित नभएको स्पष्ट पारेको हो । पत्रकार सम्मेलनमा निर्वाचन आयुक्त ईश्वरी पौडेलले प्रदेश प्रमुखहरुको बर्खास्ती र नियुक्ति गर्न नहुने भनेर निर्वाचन आचारसंहिताको बुँदामा उल्लेख नभएकाले यसले आचारसंहिता उल्लंघन भयो भन्न नसकिने बताए । नियुक्तीका बिषयमा भने आयोगले यसलाई गम्भिरतापूर्वक लिएको बताए। निर्वाचन आयुक्त पौडेलले निर्वाचन आचारसंहिता उलंघन गर्ने राजनीतिक दल वा उम्मेदवारलाई कानुन बमोजिम कार्वाही गर्ने अधिकार सम्बन्धित अधिकारीलाई दिइएको पनि बताए । पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनको महत्व निकै रहेको भन्दै सबै बिषयबस्तुमा आयोग गम्भीर रहेको जानकारी दिए । बजेट खर्चका सम्बन्धमा समग्र निर्वाचन सामाग्री सहितको निम्ती २५ करोड भन्दा बढि माग गरेको र त्यो प्राप्त भइसकेको उनले जानकारी दिए । उनले सुरक्षाको चूनौति निर्वाचनमा नरहने गरि सुरक्षित वातावरणमा निर्वाचन गराउन आयोग प्रतिवद्ध रहेको बताए । मुलुकका बिभिन्न तहमा रिक्त पदहरुको उपनिर्वाचन मंसिर १४ गते हुँदैछ भने बिहिबार मनोनयन दर्ता हुँदैछ । मनोनयन दर्ताको सवै तयारी पुरा भएको आयोगले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update