काठमाडौँमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत तेक्वान्दोमा नेपालकी गुरुङले स्वर्ण पदक हात पारेकी छिन् । सातदोबाटोमा भएको खेलमा पार्वतीले २३ देखि २९ वर्ष उमेर समूहको पुम्सेको महिला एकलतर्फको विधामा श्रीलङ्काका खेलाडीलाई पराजित गर्दै स्वर्ण जिएकी हुन् । यस स्पर्धामा श्रीलङ्काले रजत र भारतले कास्य जित्यो ।
त्यस्तै तेक्वान्दोमा नेपालकी आयशा शाक्यले २९ वर्षमाथिको पुम्सेमा स्वर्ण पदक जितेकी छिन् । आयशाले ७.९४० स्कोर जोड्दै स्वर्ण पदक जितेकी हुन् । सोही स्पर्धामा भारतकी खेलाडी दोस्रो भए भने श्रीलङ्काका खेलाडीले कास्य पदकमा चित्त बुझाए । यससँगै सागमा नेपालको स्वर्ण पदक नौ पुगेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय