हिमाल दैनिक
तेह्रौँ साग : तेक्वान्दोमा कमल श्रेष्ठलाई स्वर्ण पदक
kamal-shrestha-south-asian-games-SAG
तेस्रो पटक नेपालले आयोजना गरेको १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत तेक्वान्दो खेलमा कमल श्रेष्ठले स्वर्ण पदक हात पारेका छन् । पुम्सेको २३ देखि २९ वर्षको उमेर समूहको स्पर्धामा उनले भारतका राहुल जैनलाई पराजित गर्दै नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । कमलले ८.२७० अङ्क ल्याउँदै स्वर्ण जितेका हुन्। पराजित भारतका राहुलले ८.२०० अङ्क ल्याएका थिए । सोही स्पर्धामा श्रीलङकाका निसाशङ्कासे आसिङ्गेले कास्य पदक हात पारे। उनले ८.०६० अङ्क प्राप्त गरेका थिए । त्यसअघि कृष्णबहादुर तामाङले तेक्वान्दोको १७ देखि २३ वर्ष उमेर समूहमा रजत पदक हात पारे। उनले श्रीलङ्काको रौनुका प्रभातसँग पराजित हुर्दै रजत पदकमा चित्त बुझाएका हुन्।
प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update