१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष भलिबलको स्वर्ण पदकका लागि भारत र पाकिस्तान भिड्ने भएका छन् ।
भारतले सेमिफाइनलमा श्रीलंका माथि ३–१ को सेटमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्दा पाकिस्तानले बंगलादेश माथि ३–० को सेटमा जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा पकिस्तान २५–१५, २५–२१ र २६–२४ ले विजयी भएको हो ।
त्यस्तै श्रीलंकाविरुद्धको पहिलो सेमिफाइनलमा भारतले पहिलो सेट २७–२५ तथा दोस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । पहिलो सेटमा श्रीलंकाले कडा टक्कर दिए पनि दोस्रो सेट भने भारतले सहजै हात पार्न सफल भयो ।
दोस्रो सेट भारतले २५–१९ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट श्रीलंकाले आफ्नो पक्षमा पार्न सफल भयो । शुरुदेखि भारतमाथि दवाव कायम राखेको श्रीलंकाले २५–२१ ले आफ्नो पक्षमा पार्न सफल भयो । चौथो सेटमा श्रीलंकाले दवाव दिए पनि भारतले सहज जित हात पार्न सफल भयो । भारतले २५–२१ ले आफ्नो पक्षमा पार्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय