साग फुटबलको तालिकामा भएको हेरफेरको बिषयमा माल्दिभ्सका प्रशिक्षक पिटर सेगार्ट असन्तुष्ट देखिएका छन्।
आज खेल अगाडि आयोजना गरिएको पत्रकार सम्मेलनमा नयाँ तालिकालाई माल्दिभ्सका प्रशिक्षक सेगार्टले आफ्नो असन्तुष्ट जनाएका हुन्। काठमाडौँमा जारी साग गेम्सको फुटबलमा भारत सहभागी नहुने भएपछि नयाँ तालिका सार्बजनिक गरिएको थियो।
नयाँ तालिकाका अनुसार माल्दिभ्सले लगातार दुई दिन खेल्नुपर्नेछ। सेगार्टले यो कुरा उनको टिमका लागि अन्याय भएको भन्दै यसलाई सचाउन माग गरेका छन्।
उनले भने,"'मैले प्रशिक्षकका रुपमा मेरा खेलाडीहरुलाई जोगाउनुपर्छ,' उनले भने, 'दिनैपिच्छे खेल खेल्नु प्रोफेसनल होइन।'
भारत फुटबलमा सहभागी नहुदैमा नयाँ तालिका निकाल्नु प्रोफेसनल नभएको भन्दै यदी नसच्चाए आफुहरुले खेल बहिष्कार गर्ने समेत बताएका छन्।
नयाँ तालिका अनुसार माल्दिभ्सले पहिलो खेल सोमबार श्रीलंकासँग खेल्ने छ भने दोस्रो खेल मंगलबार बंगलादेशसँग दशरथ रंगशालामा खेल्नेछ।
प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय