आयोजक नेपाल १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार भएको समूह चरण अन्तर्गत भारतले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेसँगै नेपाल अन्तिम चारमा पुगेको हो । कमजोर प्रतिद्वन्दी बंगलादेशविरुद्ध भारतले २५–८, २५–११ र २५–९ को सेटमा जित निकालेको थियो ।
भारत विजयी भएपछि समूह ’ए’ मा रहेको नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । नेपालले २ खेलमा २ अंक जोड्यो ।
दुई खेल जितेको भारत ४ अंकसहित समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । दुई खेल गुमाएको बंगलादेश भने समूह चरणबाट बाहिरिएको छ । अब नेपालले सेमिफाइनलमा समूह ’बी’ को विजेतासँग खेल्नेछ । जसमा नेपालले श्रीलंका र माल्दिभ्समध्ये एक टिमलाई प्रतिद्वन्दी पाउने छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय