हिमाल दैनिक
साग: मंसिर १५ र मंसिर २४ गते जोर विजोर प्रावधान लागु हुने
sag press meet
मंसिर १५ गते औपचारिक रुपमा सुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि भन्डै १९ हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् । सागको प्रचार समितिले बिहीबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले १८ हजार ९ सय ३३ सुरक्षाकर्मी परिचालन हुने जानकारी दिए। सागको उद्घाटन र समापनका दिन भने सवारी साधान चलाउन जोर विजोर प्रावधान लागु गर्ने बताइएको छ । सागको उद्घाटन दशरथ रंगशालामा मंसिर १५ गते हुनेछ । त्यो दिन विजोर संख्याका सवारी साधान चलाउन पाइने छ । त्यस्तै समान मंसिर २४ गते दशरथ रंगशालामा नै हुनेछ । त्यस दिन जोर संख्याका सवारी साधान प्रयोग गर्न पाइने बताइएको छ । https://www.facebook.com/himaldainik/videos/515027316021799/?t=0 त्यस्तै सवारी साधानका लागि सिमित ठाँउमा वान वे गरिएको छ । थापाथलीबाट कालिमाटी आउन जाने व्यवस्था गरिएको छ । तर थापाथलीबाट त्रिपुरेश्वर हुँदै सहिदगेट जान भने रोक लगाइने जनाइएको छ । सागमा प्रयोग हुने सवारी साधानको पार्किङका लागि भने टुडिखेलमा व्यवस्था गरिएको खनालले बताए । प्रतियोगिताको औपचारिक उद्घाटन आइतबार भएपनि सागका भलिबल खेल भने बुधबारबाट सुरु भइसकेका छन् । सागमा नेपालसहित ७ राष्ट्रका ३ हजार बढीले २६ खेलमा प्रतिस्पर्धा गर्नेछन् । सागमा समान ३ सय १७ स्वर्ण र रजत तथा ४ सय ८१ रजत पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रकाशित मिति: सोमबार, मंसिर ९, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update