हिमाल दैनिक
जोआओ फेलिक्सले जिते गोल्डेन ब्वाय अवार्ड
479387919Joao-Felix

काठमाडौँ । यस बर्षको गोल्डेन ब्वाय अवार्ड पोर्चुगलका युवा खेलाडी जोआओ फेलिक्सले जितेका छन् ।

फेलिक्सले इङल्याण्डका युवा फुटबलर जाडोन सान्चो र एर्लिंग ब्राउट हलाण्डलाई पछि पार्दै २०१९ को गोल्डेन ब्वाय अवार्ड जितेका हुन् ।

स्पेनिस क्लब एटलेटिको म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्ने फेलिक्स यस सिजनको शुरुवातमा पोर्चुगिज क्लब बेनिफिकाबाट रेकर्ड १४६ मिलियन अमेरिकी डलरमा एटलेटिको गएका हुन् ।

यस सिजनमा फेलिक्सले एटलेटिकोबाट उत्कृष्ट शुरुवात  गरेका छन् । गत सिजनमा बेनिफिकामा १५ गोल र सात असिस्ट गरेका फेलिक्सले एटलेटिकोमा अहिलेसम्म सबै गरेर १३ खेल खेलेका छन् भने ३ गोल गरेका छन् ।

यो अवार्ड जितेर यस अघिका यस अवार्डका विजेता लियोनेल मेसी, वाइन रूनी, पाउल पोग्वा, किलियन एम्बाप्पे जस्ता खेलाडीको सुचिमा दर्ता भएका छन् ।

यो अवार्ड २०१८ मा नेदरल्याण्डस का माथिस डिलाईट, २०१७ मा किलीयन एम्बाप्पे, २०१६ मा रेनाटो सान्चेज, २०१५ मा एन्थोनी मार्सियल, २०१४ मा रहीम स्टरलिङ, २०१३ मा पाउल पोग्वा, २०१२ मा इस्कोम २०११ मा मारियो गोटजे र २०१० मा मारियो बालोटेलीले जितेका थिए ।

त्यस्तै लियोनेल मेसीले गोल्डेन ब्वायको अवार्ड २००५ मा जितेका थिए ।

यो अवार्ड इटालीको प्रतिष्ठित खेल पत्रिका टुटोस्पोर्ट्सले सन् २००३ देखि अन्तर्राष्ट्रिय फुटबलका उदियमान खेलाडीलाई दिदै आएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ८, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update