नेपाली राष्ट्रिय क्रिकेट टिमले आगामी वर्ष २०२० अगस्टमा इंग्ल्याण्डको मेरिलेबन क्रिकेट क्लब ( एमसीसी ) को भ्रमण गर्ने भएको छ।
विश्वकै प्रतिष्ठित क्लब एमसीसीले आफ्नो ट्वीटरमा पोस्ट गर्दै नेपालले गर्ने भ्रमण बारे जानकारी दिएको हो। एमसीसीले यसै महिना नेपाल भ्रमण गरेको थियो जुन क्रममा काठमाडौँमा नेपाली राष्ट्रिय क्रिकेट टिम तथा नेपाली अन्डर-१९ टिमसंग टि-२०, एकदिवसीय र तिन दिवसीय खेल खेलेको थियो। यस्तै एमसीसीले पोखरामा पोखरा-११ र मुख्यमन्त्रि-११ संग समेत २ वटा टि-२० खेलेको थियो।
एमसीसीका अनुसार नेपाली राष्ट्रिय टिमले २४ अगस्टमा क्रिकेटको मक्का मानिने लर्ड्स मैदानमा खेल खेल्नेछ। खेलको फर्म्याट के हुने बारे एमसीसीले बताएको छैन। एमसीसीले २०२१ मा पनि नेपालको भ्रमण गर्ने बताएको छ। नेपाली राष्ट्रिय टिमले एमसीसी र नेदरल्याण्डसंग गत वर्ष जुलाईमा त्रिकोणात्मक टि-२० सिरिज खेलेको थियो। त्यसबेला नेपाल र नेदरल्याण्ड बीचको खेल रद्द हुँदा एमसीसीलाई नेपालले ९ विकेटले पराजित गरेको थियो। नेपालले पहिलो पटक २०१६ मा एमसीसी बिरुद्ध लर्ड्स मैदानमा खेलेको थियो। सन् १७८७ मा स्थापना भएको एमसीसीले सन् १७८८ देखि क्रिकेटको नियम बनाउदै आएको छ। एमसीसीले बनाउने नियमलाई आईसीसीले मान्यता दिंदै आएको छ।?? 2020 will see the return of Nepal to Lord's ?#LoveLords
— Lord's Cricket Ground (@HomeOfCricket) November 27, 2019
प्रकाशित मिति: आइतबार, मंसिर ८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय