दुई दशक नेपाली क्रिकेटमा योगदान पु¥याएका चार पूर्वखेलाडीले हिमालयन रेञ्जका क्रिकेट ब्याट भित्र्याएका छन् ।
पूर्वअन्तर्राष्ट्रिय खेलाडी दीपेश खत्री तथा राष्ट्रिय खेलाडी गोविन प्रधान, वीरेन पुन र विधान श्रेष्ठले आज गण्डकी प्रदेशको राजधानी पोखराबाट सो ब्रान्डको क्रिकेट ब्याट औपचारिक बिक्री शुभारम्भ गरेका हुन् ।
नेपालमा पाकिस्तान र भारतबाट आउने क्रिकेट ब्याट मूल्यका हिसाबले यहाँका सबै स्तरका खेलाडीसम्म पुग्न नसकिरहेको अवस्थामा आफूहरुले विभिन्न चार मूल्य श्रेणीका ब्याट बजारमा ल्याएको खत्रीले बताए । नेपालमै दर्ता भएको ब्रान्डका ब्याट क्रिकेट सिक्दै गरेकादेखि व्यावसायिक खेलाडीसम्मलाई उपलब्ध हुने बताइन्छ ।
“नेपाल क्रिकेटको अत्यन्त सम्भावना भएको देश हो । तल्लोस्तरबाट नै खेलको विकास गरेर भविष्यमा देशलाई चाहिने राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरको खेलाडी उत्पादनमा सघाउने उद्देश्यले बजारमा ब्याट ल्याएका हौँ”, खत्रीले भने ।
हिमालयन रेञ्जको प्रवद्र्धनका लागि १९ वर्षमुनिको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका सदस्यद्वय सृष्टि पौडेल र शीला रेग्मी तथा प्रदेशस्तरीय खेलाडी अनिल गुरुङलाई ‘ब्रान्ड एम्बेस्डर’ नियुक्त गरिएको छ । तीनै खेलाडीलाई एक÷एक थान ब्याट हस्तान्तरण गरेर ‘ब्रान्ड एम्बेस्डर’ नियुक्त गरिएको घोषणा गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, मंसिर ८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय