१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा नेपालले विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बुधबार भएको उद्घाटन खेलमा बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले शानदार सुरुवात गरेको हो । तुलनात्मक रुपमा कमजोर टिम बंगलादेशविरुद्ध नेपालले पहिलो सेट २५–९ ले सहजै जितेको थियो । यस्तै दोस्रो सेटमा पनि २५–९ मा जित निकालेको नेपालले अन्तिम सेट २५–११ ले आफ्नो बनाउदै बंगलादेशविरुद्ध एक पक्षिय जित निकालेको हो । जितसँगै नेपाल सेमिफाइनल नजिक पुगेको छ । र, नेपालले समूह ’ए’ मा २ अंक जोडेको छ । अब नेपालले बिहिबार समूह चरणको अन्तिम खेलमा भारतसँग खेल्नेछ ।
त्यसअघि खेलको खेलकुदमन्त्री जगत बिश्वकर्माले बल हस्तान्तरण गरि शुभारम्भ गरेका थिए ।
https://www.facebook.com/himaldainik/videos/1501148130048602/
प्रकाशित मिति: आइतबार, मंसिर ८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय