मङ्सिर १५ गतेदेखि हुन लागेको १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)मा प्रतिष्पर्धा हुने आठ खेलमा कूल १५९ पदकका लागि खेलाडीले प्रतिष्पर्धा गर्दैछन् ।
तेह्रौँ सागको आठ खेलमध्ये आर्चरीमा ३०, ब्याड्मिन्टनमा २८, महिला क्रिकेटमा तीन, फुटबलमा तीन, ह्याण्डबलमा छ, ट्राइयाथोलन १५, बिच भलिबल छ, भारत्तोलनमा ६० गरी कूल १५९ वटा पदकका लागि प्रतिष्पर्धा हुने भएको छ ।
त्यसैगरी आर्चरीमा १० स्वणर्, १० रजत र १० कास्य गरी ३० पदकका लागि प्रतिष्पर्धा हुँदैछ । ब्याटमिन्टनमा सात स्वर्ण, सात रजत र १४ कास्य, महिला क्रिकेटमा एक स्वर्ण, एक रजत र एक कास्य, ह्याण्डबलमा दुई स्वर्ण, दुई रजत र दुई कास्य, ट्राइयाथोलन पाँच स्वर्ण, पाँच रजत र पाँच कास्य, महिला बिच भलिबलमा एक स्वणर्, एक रजत र एक कास्य, भारत्तोलनमा समान २० स्वर्ण २० रजत र २० कास्य पदकका लागि प्रतिष्पर्धा हुँदैछ ।
बहुप्रतिक्षितरुपमा रहेको साग शुरु हुनमात्र छ दिन बाँकी रहँदा पोखरामा मात्रै विभिन्न खेलका ८२४ जना खेलाडी तथा अफिसियल पोखरा आउँदैछन् । त्यसैगरी करीब ४९१ जना प्राविधिक र अफिसियल पोखरा आउने कार्यक्रम तय भइसकेको साग तयारी समितिका सदस्य तेज गुरुङले जानकारी दिनुभयो । विभिन्न देशबाट आउने पाहुनालदाई स्वागत सत्कार तथा बसोबासका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको होटल व्यवस्थापन समितिका संयोजक सूर्य भुजेलले जानकारी दिए।
पोखरा रङ्गशालामा आयोजना हुने छ वटा खेलको विभिन्न खेल पूर्वाधारको निर्माण कार्य ९५ प्रतिशत सकिएको र बाँकी काम यसै साताभित्र पूरा गरिने राखेप सदस्य राजेशकुमार गुरुङले जानकारी दिए।
पोखराबाहेक काठमाडाँै र जनकपुर गरी सञ्चालन हुने २८ खेलका लागि कूल एक हजार १११ पदकका लागि प्रतिष्पर्धा हुनेछन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय