भारतीय मास्टर ब्लास्टर एवं पूर्व कप्तान सचिन तेन्दुल्करको टिमले नेपालका पूर्वकप्तान विनोद दासको टोलीलाई हराएको छ।
युनिसेफको आयोजनामा काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानमा भएको च्यारिटी खेलमा सचिनको टिमले विनोद दासको टिमलाई ६ विकेटले हराएको हो।
निर्धारित आठ ओभरमा खेलाइएको खेलमा पहिले ब्याटिङ गरेको विनोद दासको टिमले ४५ रन बनाएको थियो। जवाफमा सचिनको टिमले चार विकेट गुमाएर लक्ष्य पुरा गर्यो।
सचिनले ब्याटिङमा सात रन बनाए यसअघि उनले बलिङसमेत गरेका थिए। उनी ब्याटिङमा आउँदा कीर्तिपुर मैदानमा उपस्थित सबै समर्थकले ठूलो हुटिङ गरेका थिए।
नेपाली क्रिकेट टिमका पूर्व कप्तान विनोद दासको टिमसँग च्यारिटी खेल खेल्ने कार्यक्रम कीर्तिपुर मैदानमा भएपछि एका विहान, करिव सात बजेबाट नै सचिन र नेपाली क्रिकेटका समर्थक कीर्तिपुर मैदानमा पुग्ने क्रम सुरु भएको थियो । नौ बजेबाट गेट बन्द हुने बताइएपछि शनिबारको दिन समर्थकको बाक्लो लाइन नै लागेको थियो ।
जब सचिन विशेष सुरक्षाका साथ कीर्तिपुर मैदानमा पुगे, त्यहाँ उपस्थित सबै समर्थक सचिन सचिन भनेर हुटिङ गर्न थाले। करिब साढे २ हजार समर्थक उपस्थित रहेको मैदानको सुरक्षा ब्यवस्था कडा गरिएको थियो ।
स्कुले विधार्थीलाई दुई वटा टिममा समावेश गरेर च्यारिटी खेल खेल्ने योजना अनुसार खेल सुरु भएको थियो।
मैदानमा सचिनले जे गरेपनि समर्थकबाट ठूलो आवाज आउने गर्थ्यो ।
त्यसो त उनले एकपटक जानीजानी क्याच दिएका थिए, तर सो क्याच ड्रप भएको थियो। त्यसपछि उनले एउटा चौका प्रहार गर्दै सात रनमा मैदानबाट बाहिर गए। मैदानबाट बाहिरिँदा सबैलाई हात हल्लाउदै गएका थिए।
सचिन पहिलो पटक काठमाडौं आए पनि यसअघि भारतीय स्टार खेलाडी नेपाल आइसकेका छन्। भारतीय खेलाडी नेपालमा आउनेमा सबैभन्दा ठूलो स्टार खेलाडी हुन् सचिन।
यसअघि तत्कालिन कप्तान महेन्द्रसिंह धोनी, सुनील गावस्कर, भिभिएस लक्ष्मण काठमाडौं आएर कीर्तिपुरमा नेपाली समर्थकमाझ उपस्थित भएका थिए ।
सचिनसँग स्टेज साट्नु, हात मिलाएर नेपालको जर्सी दिनु विनोद दासका लागि पनि ठूलो गर्वको कुरा हो। युनिसेफको सदभावना दूत रहेका विनोदका लागि यो क्षण सपना पुरा भएजस्तै हो।
यसै कार्यक्रमका लागि विनोद भारतबाट काठमाडौं आएका थिए ।
भारतीय खेलाडी सचिन तेन्दुलकरले युनिसेफको कार्यक्रममा कीर्तिपुर मैदानमा बालबालिकाको अधिकार र उनीहरुको स्याहारमा कसरी ध्यान दिने भन्नेमा आफ्नो अनुभव सुनाए। आफ्नो बाल्यकालमा आमाले गरेको स्याहार अहिले आफुले बच्चालाई दिएको ध्यानलाई सचिनले सबै माझ साटे ।
कीर्तिपुर मैदानमा सबैका अगाडी केहि बोल्न भनेर सचिनलाई स्टेजमा बोलाएपनि उनले सुरुवातमा नै तीन वटा नेपाली शब्द बोले, जसले त्यहाँ उपस्थित सबैबाट तालिको गडगडाहट भयो ।
सचिनले आफ्नो स्पिचको सुरुमा बोल्दै विनोद दासले भनेको कुरा पुरा नबुझेपनि राम्रो बोलेको बताए । त्यसमा उनले भने “तपाईहरुलाई राम्रो लाग्यो” । जसका कारण त्यहाँ उपस्थित सबैमा हासो र तालिको गडगडाहट भएको थियो ।
त्यसअघि नेपाली क्रिकेट टिमका पूर्व कप्तान विनोद दासले सचिनका बारेमा निकै प्रशंसा गरे भने उनीबाट विश्वमा धेरैले सिकेको बताए ।
उनले अरु बेला कीर्तिपुर क्रिकेट मैदानमा खेल्दा र आज खेल्दा निकै फरक लागेको बताए ।
यो मैदानमा सयौ खेल खेलपनि आजको खेल विशेष रहेको बताए किनकी उनले भने, आज किर्तीपुर मैदान आफ्ना लागि मन्दिर भएको र आज भगवान आएको बताए । हाम्रो मन्दिरमा क्रिकेटको भगवान आएको बताउँदै यो संभव बनाउने सबैलाई धन्यवाद दिए ।
विनोदपछि बोलेका सचिनले आफ्नो स्पिचमा बालबालिकासँग खेल्दा निकै राम्रो लागेको बताए । यसका साथै उनले १९९२ मा नेपाल र सिआरसी विच भएको सम्झौतामा नेपाल आउने बाचा गरेको थिए, जुन लामोसमयपछि पुरा भएको छ । नेपाल आउनपाउँदा निकै खुसी लागेको बताए ।
उनले कीर्तिपुर क्रिकेट मैदानमा खेल्दा आफ्नो बाल्यकालको याद आएको सम्झिए । यसका साथै उनले आफ्नो स्पिचमा विनोद दासको खुलेर प्रशंसा गरे । क्रिकेट विकाशका लागि उनले गरेको योगदान र त्यागबाट आफू प्रभावित भएको बताए ।
प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय