भारतीय पूर्वकप्तान सचिन तेन्दुलकरले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान विनोद दासको टोलीसँग मैत्रीपूर्ण क्रिकेट खेल्ने नेपाल आएका छन्।
शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा युनिसेफ नेपालको आयोजनामा मैत्रीपूर्ण क्रिकेट खेल्न काठमाडौं आएका हुन्।
सचिन शनिबार बिहान नेपाल आउने युनिसेफले जनाएको छ।
सचिन युनिसेफका सद्धभावना दुत हुन् । यू१९ च्यालेन्जर्स सिरिजको लागि भारतको हैदरावादमा रहेका विनोद दास पनि भारतबाट नेपाल आउने छन्।
बालअधिकार सम्वन्बी महासन्धी पारित भएको ३० वर्ष पुरा भएको उपलक्ष्यमा मैत्रीपूर्ण क्रिकेट आयोजना गर्न लागेको युनिसेफले जनाएको छ।
भोलि त्रिवि क्रिकेट मैदानमा खेल हेर्न जाने दर्शकले पानीको बोतल, हेलमेट, धारिला सामग्री र भारी झोला बोक्न नपाउने भएका छन्।
टियु क्रिकेट मैदान बिहान ९ बजेसम्म गेट खुल्ला हुने पनि जनाएको छ ।
भारतमा सचिनलाई क्रिकेटको भगवान मान्ने गर्छन । विश्व क्रिकेटमा बनेका अधिकांश क्रिकेटका कीर्तिमान सचिनकै नाममा छन्। सचिन विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडी मानिन्छन्।
प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय