हिमाल दैनिक
पारस खड्काको टी १०मा डेब्यू
Abu-Dhabi-Playing-XI
नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले टी टेन लिगमा डेब्यू गरेका छन्। पारसले टिम अबुधाबीबाट कलन्दर्सविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्रतियोगितामा पहिलो पटक खेल्न लागेका हुन्। यूएईको शेख जायद स्टेडियममा टस हारेर पारसको टिम अबुधाबी पहिले ब्याटिङ गरिरहेको छ। अबुधाबीको प्लेइङ ११ : निरोसन डिकवेला, लुक राइट, मोइन अली (कप्तान), कोरि एन्डरसन, पारस खड्का,रोहन मुस्तफा, ह्यारी गर्नी, बेन लालिन, डी लान्गे, रिचार्ड ग्लीसन र लुइस ग्रेगरी
प्रकाशित मिति: मंगलबार, कात्तिक २६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update