इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराती लिभरपुल र म्यानचेस्टर सिटिबीचको खेलमा डिफेन्डिङ च्याम्पियन सिटिले हार बेहोरेको छ। आइतबार लिभरपुलको घरेलु मैदान एनफिल्ड रंगशालामा भएको खेल सिटि ३-१ ले पराजित भएको छ। पहिलो हाफको ६ मिनेटमा फाविन्होले आफ्नो टिमलाई अग्रता दिलाए।डि एरिया बक्स बाहिरबाट फाविन्होको प्रहार सिटीका गोलरक्षक क्लाउडियो ब्राभोले बचाउन सकेनन्।
फाविन्होको गोल:
https://twitter.com/i/status/1193649532988342272
त्यसको सात मिनेट पछि(१३ औ मिनेटमा) रोवर्टसनको पासमा मोहम्मद सालहले अर्को गोल गर्दै लिभरपुललाई पहिलो हाफमै २-० को अग्रता दिलायो। पहिलो हाफमा दुई गोलको अन्तरले सिटी दबाबमा पर्यो।
दोस्रो हाफमा सुरु भएको केहि समयमा नै लिभरपुलका अर्का खेलाडी साडियो मानेले फेरी अर्को गोल थपे। घरेलु मैदानमा ५३ हजार घरेलु समर्थकमाझ ३ गोलको अग्रता लिएको लिभरपुलविरुद्ध ७८ औं मिनेटमा सिटीका सर्जियो एग्यूरोको क्रसमा बर्नाडो शिल्भाले आफ्नो टिमका नाम खाता खोले।तर त्यो नै सिटीको एक र अन्तिम गोल हुन पुग्यो।
३-१ को अन्तरमा हार बेहोरेको सिटीले अंकतालिकाको दोस्रो स्थानमा उक्लने अवसर गुमाएको छ भने लिभरपुलको अपराजित यात्रा कायमै रहेको छ।
लिग लिडर लिभरपुलले शीर्ष स्थानमा ८ अंकको स्पष्ट अग्रतासमेत बनाएको छ । १२ खेलबाट उसको ३४ अंक भएको छ । समान खेलबाट दोस्रो र तेस्रो स्थानमा क्रमश: लेस्टर सिटी र चेल्सी छन् भने सिटी २५ अंक बटुलेर चौथो स्थानमा छ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय