ला लिगा लिंगको पहिलो स्थानमा रहेको बार्सिलोनाले तेस्रो हार बेहोरेको छ। शनिबार रति भएको खेलमा बार्सिलोना लेभान्टेसँग ३-१ ले पराजित भएको हो।
पहिलो हाफको खेलमा बार्सिलोनाले एक गोलको अग्रता लिएपनि त्यो अग्रता दोस्रो हाफमा भने कायम गर्न सकेन। ३८ औं मिनेटमा लियोनेल मेसीले पेनाल्टी टिमलाई अग्रता दिलाएपनि लेभान्टेले सात मिनेटको अन्तरमा लगातार तीन गोल गर्दै खेलमा जीत हात परेको थियो। ६१ औ मिनेटमा जोसे काम्पानाले, ६३ औ मिनेटमा बोर्खा मायोरल ६८ औं मिनेटमा नेमानिया राडोया गोल गरेपछि खेलको दिशा नै मोडियो ।
त्यस्तै रियल म्याड्रिडले भने ला लिगाको शिर्ष स्थानमा उक्लने मौका गुमाएको छ। गए राति रियल बेटिससंग बराबरीमा रोकिएपछि म्याड्रिडले शिर्ष स्थानमा रहने मौका गुमाएको छ ।
हारपछि पनि बार्सिलोना २२ अंकसहित लिगको शीर्ष स्थान छ भने म्याड्रिड पनि २२ अंक सहित दोस्रो स्थानमा रहेको छ।(एजेन्सीको सहयोगमा)
प्रकाशित मिति: बिहीबार, कात्तिक १४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय