क्याट क्विन्स काठमाडौं वुमन्स च्याम्पियन्स लिग (डब्लुसील) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार भएको इलिमिनेटरमा विराटनगर टाईटन्सलाई ९ विकेटले पराजित गर्दै काठमाडौं उपाधि नजिक पुगेको हो । अब काठमाडौंले उपाधिका लागि चितवन राइनोजसँग बिहिबार खेल्नेछ । चितवन लिगको शीर्ष स्थानमा रहदै यसअघि फाइनल पुगिसकेको छ ।
विराटनगर भने प्रतियोगिताबाट बाहिरिएको छ । विराटनगरले दिएको ६९ रनको सामान्य लक्ष्य काठमाडौंले ९ ओभर ५ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । काठमाडौंका लागि कप्तान रुबिना क्षेत्रीले अविजित ३४ रन जोड्दा अप्सरी बेगमले अविजित २७ रनको योगदान गरिन् । रोमा थापा सुन्य रनमा पेभेलियन फर्किइन । विराटनगरकी सोनु खड्काले १ विकेट लिईन् । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले १७ ओभर ३ बलमा अलआउट हुँदै ६८ रन बनाएको थियो । विराटनगरका लागि सोनु खड्काले सर्वा्धिक ३४ रन जोडिन् । यस्तै ज्योति पाण्डेले १२ तथा आरती बिडारीले ११ रन जोडिन् ।
विराटनगरलाई सस्तैमा समेट्न काठमाडौंकी कप्तान रुबिना क्षेत्रीले ४ विकेट लिईन् । प्रतियोगिताको विजेता टोलीले ७ लाख रुपैयाँ पाउने छन् । उपविजेता टोलीले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ।
प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय