हिमाल दैनिक
क्यानले कार्ययोजना बनाउन समिति गठन
can
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेटको भावी कार्ययोजना बनाउन समिति गठन गरेको छ ।संघको केन्द्रिय कार्यालय मुलपानीमा आइतबार बसेको कार्य समिति बैठकले संघले राष्ट्रिय र मोफसलमा सञ्चालन गर्ने प्रतियोगिताको योजना बनाउन समिति गठन गरेको हो । त्यस्तै संघको गतिविधि अघि बढाउन संघले प्रतियोगिता सहित प्राविधिक, मिडिया र आर्थिक समिति समेत गठन गरेको छ । प्राविधिक समितिमा सञ्जयराज सिंह, प्रतियोगितामा प्रशान्त मल्ल, सञ्चारमा अशोकनाथ प्याकुरेल र आर्थिकमा कोषाध्यक्ष समेत रहेका रोशनबहादुर सिंहलाइ संयोजक तोकिएको छ । प्रत्येक समितिका संयोजकले आवश्यकताका आधारमा समितमा सदस्य थप्न सक्नेछन् । त्यस्तै बैठकले क्यान निलम्बन फुकुवा गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्ने निर्णय गरेको छ । बैठकले कप्तान पारस खड्काको राजीनामाको बिषयमा कुनै निर्णय गरेन । बैठकमा पारसको बिषयमा छलफल भएपनि कुनै निर्णय नभएको सचिव अशोकनाथ प्याकुरेलले बताए । क्यान निलम्बन फुकुवाको भोलीपल्ट कप्तान खड्काले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update