यस हप्ता स्पेनिस ला लिगामा रियल मड्रिडलाई ठुलो झट्का लागेको छ। शनिबार राती रियल मालोर्कासँग भएको खेलमा मड्रिड १-० ले पराजित भएको छ। यो हार मड्रिडको यस सिजनकै पहिलो हार हो भने रियल मालोर्का क्लब भने यस सिजनमा बढुवा भएर आएको क्लब हो। नयाँ क्लबसंग सिजनकै पहिलो हार बेहोर्न परेपछि मड्रिडलाई अहिले ठुलो झट्का लागेको हो।
खेल शुरु भएको सातौं मिनेटमा नै मालोर्काका लागो जुनियरले गोल गरि सबैलाई चौकाएका थिए। सातौं मिनेटमा जुनियरको त्यो झट्का अर्थात् त्यो गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो। हिजो खेलमा मड्रिडका ओड्रिओजोला दोहोरो पहेँलो कार्ड खाएका थिए जसका कारण मड्रिड १० खेलाडीमा नै सिमित हुन पुग्यो।
सिजनको शीर्षमा रहेको मड्रिड पहिलो हार बेहोरेसंगै दोश्रो स्थानमा झरेको छ भने शीर्ष स्थानमा बार्सिलोना पुगेको छ।(एजेन्सीको सहयोगमा)
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय