ओमनमा जारी पाँच देशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले टस हारेर व्याटिङ सुरु गरेको छ।
खेलको पहिलो ओभरमै नेपालका इशान २ रन बनाएर आउट भएपछि दोस्रो ओभरमा शेख आरिफले दुई चौकासहित ११ रन बटुलेर नेपालको रनरेट उच्च बनाए।
तेस्रो ओभरको पहिलो बलमै विलाल खानको बललाई सोझै बाउड्री बाहिर पठाएर ६ रन जोडेका आरिफसँग साझेदारी गर्न पुगेका कप्तान पारस खड्का भने ५ रनमै आउट भए।
त्यसपछि अहिले मैदानमा आरिफलाई साथ दिन दिपेन्द्रसिंह ऐरी उत्रिए। ऐरीले पनि ६ बल खेल्दै ११ रन जोडेपनि चौथो ओभरको अन्तिम बलमा रनआउट हुन पेगे।
ऐरी लगत्तै मैदानमा उत्रिएका विनोद भण्डारी पनि तीन बलको सामना गर्दै ४ रनमै आउट भएपछि नेपालको व्याटिङ लाइन धर्खराउन पुगेका छ।
त्यसलगत्तै मैदानमा उत्रिएका सन्दिप झाेरा पनि आमिर कालिमको बलमा क्याचआउट भएपछि नेपाल अहिले ५ ओभरमा पाँच विकेट गुमाएर ४४ रनमा खेल्दै छ। आरिफलाई सोमपाल कामीले साथ दिइरहेका छन्।नेपालको लागि एकमात्र साहारा जस्तै देखिएका आरिफ पनि छैटौं ओभरको अन्तिम बलमा आउट भएपछि नेपालको स्थिति दयनिय बनेको छ।
उनले १३ बलको सामना गर्दै २ चौका र एक छक्काको मद्दतले २० रन जोड्न सफल भएका थिए।
अहिलेसम्म ७ ओभर खोल्दै नेपालले ६ विकेट गुमाएर ५० रन बनाउन सफल भएको छ।
हाल मैदानमा करण केसी र सोमपाल कामीले क्रमशः ६ रन र ४ रन बनाएर खेल्दै छन्।
प्रकाशित मिति: सोमबार, असोज २०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय