मित्र राष्ट्र चेक रिपब्लिकमा आयोजना हुने २७औं एसकेडियुएन विश्व सोतोकान कराँते च्यामिपयनसिपमा नेपालको तर्फबाट अफिसियलयका रुपमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद कृष्ण राई सहभागी हुने भएका छन्।
शुक्रबारदेखि आइतबारसम्म चेक रिपब्लिकको कारलोभी भेरीमा आयोजना हुने च्याम्पियन्सिपमा सहभागीका रुपमा नेपाल सोतोकान कराँते डो संघका अध्यक्ष धिर्जेमान तामाङ्ग रहेका छन् भने सत्तारुढ दल नेकपाका सांसद राई अफिसियल प्रतिनिधिका रुपमा विदेश भ्रमणमा गएका हुन्।
उक्त प्रतियोगितामा तामाङ्गले भेट्रान्स ५० बर्षमाथिको बिधामा प्रतिस्पर्धा गर्ने छन्।
च्याम्पियनसिपमा सहभागी हुन जाने दुई सदस्यिय नेपाली टोलीलाई संघका उपाध्यक्ष श्याम श्रेष्ठ र नारायण खड्का, महासचिव एवं सहायक मुख्य प्रशिक्षक गोविन्द श्रेष्ठ तथा संघका प्रतिनिधीहरुले विदाई गरेका थिए।
प्रकाशित मिति: सोमबार, असोज २०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय