जर्मन बुन्डेसलिगमा उपाधिको दावेदार मानिएको बोरुसिया डर्टमुन्ड वेरदेर बेरमनसँग बराबरीमा रोकिएको छ । यो सिजन राम्रो सुरुवात गर्न नसकेको बोरुसियाले एक गोलको अग्रतालाई जोगाउन सकेन ।
डर्टमुन्डको घरेलु मैदानमा ८१ हजार दर्शकमाझ भएको खेलको सातौं मिनेटमा नै रासिकाको गोलमा पाहुना टिम वेरदेरले अग्रता बनाएको थियो । तर त्यसको दुई मिनेटमा मारीयो गोट्जेले गोल गर्दै बोरुसियालाई बराबरीमा पुर्याए ।
४१ औं मिनेटमा मार्कुस रिउसले गोल गर्दै बोरुसियाले घरेलु मैदानमा अग्रता बनायो । उनले हाजार्डको पासको सदुपयोग गरेका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको बोरुसिया विरुद्ध ५५ औं मिनेटमा फ्रेडीले गोल गर्दै खेल दुई दुईको बराबरीमा पुर्याए ।
यो बराबरीले बोरुसियाले ६ खेलमा ११ अंक बनाएको छ । उसले अहिलेसम्म तीन जीत दुई बराबरी र एक हार ब्यहोरेको छ । यता सिजनमा अपराजित रहेको बार्यन म्युनखले पनि गएराति नै आफ्नो खेलमा पदेरबर्नलाई तीन दुई गोलले हरायो । जसका कारण उनले आफ्नो शिर्ष स्थानलाई बलियो बनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय