काराबाओ कप फुटबल प्रतियोगितामा चेल्सीले दोस्रो डिभिजनको क्लव ग्रिम्सी टाउन विरुद्ध सात एकको प्रभावशाली जित निकाल्दै चौथो चरणमा प्रवेश गरेको छ । यस्तै अर्को खेलमा म्यानचेस्टर युनाइेटेडले पनि जित निकाल्यो ।
युवा खेलाडीले भरिएको चेल्सीले खेलको सुरुवात देखि नै अन्तिमसम्म गोल गरेको थियो । उसका लागि खेलको चौथो मिनेटमा रोस र्बाक्लीले गोल गरे भने सातौ मिनेटमा मिचे बाट्सुइले दोस्रो गोल गरे । १९ औं मिनेटमा ग्रिम्सले एक गोल फकाउदै अन्तर दुई एकमा झारेको थियो । उसका लागि मेट ग्रिनले गोल गरे ।
४३ औं मिनेटमा पेद्रोले पेनाल्टीबाट गोल गरेपछि चेल्सी पहिलो हाफमा तीन एकले अगाडी रह्यो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा चार गोल गर्यो । जसमा ५६ औं मिनेटमा कुर्ट जोउमाले गोल गरे भने ८२ औं मिनेटमा रिची जेम्सले गोल गरे ।
त्यसपछि ८६ औं मिनेटमा मिचेले ब्यक्तिगत दोस्रो तथा टिमका लागि छैटौ गोल गरे । खेलको अन्तिममा कालुम हडसनले गोल गर्दै चेल्सीलाई सात एकको फरकिलो जित दिलाए ।
युनाईटेड पेनाल्टीमा सफल
अर्को खेलमा म्यानचेस्टर युनाइेटडले रोचडेललाई टाइब्रेकरमा पाँच तीनले हराउँदे चौथो चरणमा प्रवेश गर्यो । निर्धारीत ९० मिनेट एक एक गोलको बराबरी भएपछि खेलको छिनोफानो पेनाल्टीबाट भएको थियो ।
त्यसोत निर्धारीत ९० मिनेटमा युनाइेटडले एक गोलको अग्रता जोगाउन सकेन । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ६८ औं मिनेटमा मासोन ग्रिनउडले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर ७६ औं मिनेटमा रोचडेलका लागि लुकी माथेसनले गोल गर्दै खेल बराबरीमा पुर्याए ।
त्यसपछि टाइब्रेकरमा गएको खेलमा युनाइटेडले पाँच गोल गर्यो भने रोचडेलले तीन गोल मात्र गर्न सक्यो ।
प्रकाशित मिति: सोमबार, असोज ६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय