एएफसी यू १६ च्याम्पियनसिप छनोटमा नेपालले जितका साथ प्रतियोगिता समाप्त गरेको छ । चार खेलमा दुई हार एक जित र एक बराबरी खेलको नेपालले चार अंकका साथ समुहमा चौथो स्थानमा रहदै प्रतियोगिता समाप्त गर्यो ।
जोर्डनमा भएको खेलमा नेपालले समुहको अन्तिम खेलमा श्रीलंकालाई तीन शुन्यले हरायो । खेलको ३६ औं मिनेटमा मोहित गुरुङले नेपालका लागि पहिलो गोल गरे । पहिलो हाफमा एक गोलको अग्रता बनाएको नेपालले ६४ औं मिनेटमा दोस्रो गोल थप्यो ।
यसपटक नेपालका लागि अनिल चौलागाईले गोल गर्न सफल भए । यसअघिको खेलमा चार जना खेलाडी परिवर्तन गरेको नेपालले ८९ औं मिनेटमा तेस्रो गोल थप्यो । नेपालका लागि जान ताम्लीले गोल गरे । उनले कर्नरबाट आएको बललाई हेडबाट पोष्टको दिशा देखाए ।
नेपालले समुह ए को पहिलो खेलमा जोर्डनसँग सात शुन्यको हार ब्यहोरेको थियो भने दोस्रो खेलमा कुवेतसँग एक एक गोलको बराबरी खेलको थियो । यस्तै तेस्रो खेलमा नेपाल ताजिकिस्तानसँग सात शुन्यले नै पराजित भएको थियो ।
एएफसी यू १६ च्याम्पियनसिप छनोटमा नेपालले जितका साथ प्रतियोगिता समाप्त गरेको छ । चार खेलमा दुई हार एक जित र एक बराबरी खेलको नेपालले चार अंकका साथ समुहमा चौथो स्थानमा रहदै प्रतियोगिता समाप्त गर्यो ।
प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय