हिमाल दैनिक
चेल्सीका लागि लाम्पार्डकाे अर्काे परिक्षा, नयाँ रेकर्ड बनाउने दाउमा लिभरपुल
Jurgen-Klopp-Frank-Lampard
इंग्लिस प्रिमियर लिगमा आज दुई ठुला क्लव चेल्सी र लिभरपुल विच प्रतिस्पर्धा हुँदैछ । चेल्सीका लागि सिजनको यो दोस्रो ठुलो भिडन्त हो । यता लिगमा अपराजित लिभरपुलका लागि पनि आज रातिको खेलले ठुलो महत्व राख्नेछ । च्याम्पियन्स लिगको समुह चरणमा नापोलीसँग पराजित भएपछि लिभरपुल पहिलो पटक मैदानमा उत्रदैछ । सो हारले चेल्सी विरुद्धको खेलमा कुनै प्रभाव नपार्ने क्लवका प्रशिक्षक जुर्गेन क्लोपले बताइसकेका छन । लिभरपुल विरुद्धको खेलमा चेल्सीका मासोन माउन्ट फिटनेसका कारण खेल्ने संभावना निकै कम रहेको छ । यस्तै नोगोलो कान्टे फिटनेश टेष्टमा पास भएपनि इमेर्सन पाल्मेरी भने आज खेल्नेमा शंका नै रहेको छ । यता लिभरपुलका ओरीगीपनि आजको खेल गुमाउने भएका छन । यस्तै मुख्य गोलकिपर एलिसोन र नाथानियल क्लेन चेल्सी विरुद्धको खेल गुमाउनेछन । केइटा भने प्रशिक्षणमा फर्किएका छन । आजको खेलमा चेल्सीको युवा खेलाडी मासोन माउन्ट, टमी अब्राहम र फिकायो टोमोरीको रियल परिक्षा हुनेछ । उनी टिममा आएपछि चेल्सी लयमा देखिएको छ । पछिल्ला नौ प्रिमियर लिगका खेलमा चेल्सीले लिभरपुललाई एक पटकमात्र हराउन सकेको छ । चेल्सीको मैदानमा खेल्दा लिभरपुलले पछिल्ला ११ खेलमा पाँच मा जित निकालेको छ । चेल्सीले लिभरपुल विरुद्ध पछिल्ला २० खेलमा हरेकमा गोल गरेको छ । आज लिभरपुलले चेल्सीलाई हराएमा प्रिमियर लिगमा लगातार ६ खेलमा जित निकाल्ने पहिलो क्लव हुनेछ । यसका साथै उसले लगातार १४ खेलमा जित निकाल्दै क्लव रेकर्ड पनि बनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज २, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update