इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले वाटफोर्ड विरुद्ध प्रभावशाली जीन निकालेको छ । उसको जितमा बेर्नान्डो सिल्भाले ह्याट्रिक गरे । प्रिमियर लिगमा आफ्नो इतिहासमा अहिलेसम्म कै ठुलो मार्जिनको जित निकालेको सिटीले वाटफोर्डलाई आठ शुन्यले हरायो ।
यसअघि २०१३ मा नर्विच विरुद्ध सात शुन्यको जित निकालेपछि सिटीले धेरै गोल अन्तरमा जित निकालेको यो पहिलो पटक हो । घरेलु मैदानमा भएको एकतर्फि खेलको पहिलो मिनेटमा नै सिटीले अग्रता बनायो । उसका लागि डेविड सिल्भाले गोल गरे । यो सिजनको अन्तिममा मायामी क्लवमा जाने हल्ला चलेका सिल्भाले केभिन डी ब्रुइनको पासको सदुपयोग गरेका थिए ।
त्यसपछि छैटौ मिनेटमा सिटीले पेनाल्टीको अवसर पायो । जसलाई सर्जियो अगुइरोले गोलमा परिणत गरे । त्यसपछि १२ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई तीन शुन्यले अगाडी राखे ।
एकपछि अर्को गोल गरेको सिटील्े १५ औं मिनेटमा वाटफोर्डको पोष्टमा चौथो गोल थप्यो । यसपटक उसका लागि बेर्नान्डो सिल्भाले गोल गर्न सफल भए । निकै फितलो डिफेन्स रहेको वाटफोर्ड विरुद्ध १८ औं मिनेटमा सर्जियो अगुइरोको पासमा ओटामेन्डीले गोल गरे । सुरुवाती २० मिनेट भित्र नै ५ गोल गरेको सिटीले पहिलो हाफमा सो गोलको अग्रता कायम राख्यो ।
दोस्रो हाफमा उसले दुई गोल थप्यो । ४८ औं मिनेटमा बेर्नान्डो सिल्भाले गोल गरे भने ६० औं मिनेटमा ब्रुइनको पासमा फेरी सिल्भाले गोल गर्दै ब्यक्तिगत ह्याट्रिक पुरा गरे । ८५ औं मिनेटमा सिटीले आठौं गोल थप्यो । यसपटक केभिन डी ब्रुइनले गोल गर्न सफल भए । त्यसपछि पनि सिटीले अरु माैका पाएकाे थियाे तर गाेल थप्न सकेन । प्रिमियर लिगमा अहिलेसम्मकाे ठुलाे जित नाै शुन्यकाे रहेकाे छ । जुन म्यानचेस्टर युनाइटेडले इप्सविच विरुद्द निकाेलेकाे थियाे ।
यो जितले सिटीले शिर्ष स्थानको लिभरपुलसँगको अन्तर दुई अंकमा झारेको छ । सिटीको ६ खेलमा १३ अंक भएको छ भने लिभरपुलको पाँच खेलमा १५ अंक छ ।
प्रकाशित मिति: बिहीबार, असोज २, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय