हिमाल दैनिक
बलिङ प्रशिक्षकमा भारतका बेंकटराम, ओमान र सिंगापुर टुरका लागि पटवाल आएपछि टिमको घोषणा
1632152237Nepal_UAE_16
सिंगापुर र ओमानमा हुने टि २० सिरिजकालागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीमा बलिङ प्रशिक्षकका रुपमा भारतका पुर्व स्पिनर वुरिती वेंकटराम नेपाल पठाएकाे छ । वेंकटसँग भारतबाट ६८ प्रथम श्रेणीका खेल खेलेका छन ।  बीसीसीआईका लेभल ३ प्रशिक्षक वेंकटरामले सन् १९७३ देखी १९९२ सम्म भारतबाट प्रथम श्रेणी र लिष्ट ए खेल खेलेका थिए । यसका साथै प्रशिक्षकका रूपमा उनले रणजी ट्रर्फिमा झारखण्ड लगायतका टिमलाई प्रशिक्षण दिइसकेका छन् । उनले छाेटाे समयका लागि नेपाली बलरलाइ प्रशिक्षण दिनेछन । यी दुइ सिरीजका लागि राष्ट्रिय टिमकाे अनुराेधमा आइसीसीले उनलाइ नेपाल पठाएकाे हाे । नेपाली क्रिकेट टिमले सेप्टेम्बर २७ देखी अक्टोबर ३ सम्म सिंगापुर टी-२० सिरीज खेल्नेछ । जसमा नेपालसहित जिम्बाबे र सिंगापुर रहेका छन । त्यसपछि टिम पाँच राष्ट्रबीच हुने टि-२० सिरिजका लागि ओमान जानेछ । जसमा नेपाल, नेदरल्यान्ड, ओमान, आयरल्यान्ड र हङकङ छन् । यी २ प्रतियाेगिताका लागि नेपाली टिमकाे घाेषणा बिहिबारसम्म हुने बुझिएकाे छ । नेपाली टिमका मुख्य प्रशिक्षक उमेश पटवाल मातृशाेक परेकाले हाल भारतमा रहेका छन । उनी बुधबार स्वदेश फर्किनेछन । त्यसपछि नेपालले खेल्ने २ सिरीजका लागि टिमकाे घाेषणाा गरिनेछ । ओमानमा हुने सिरीजमा उपकप्तान ज्ञानेन्द्र मल्ल नखेल्ने बताइसकेका छन । उनकाे स्थानमा कसले टिममा प्रवेश पाउनेहुन त्यसमा तिब्र प्रतिस्पर्धा रहेकाे छ ।
प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update