सन् १९९४ मा एसी मिलानसंग पराजित भएपछि पहिलो पटक लिभरपुल च्याम्पियन्स लिगको पहिलो खेलमा नै पराजित भएकाे हाे ।
साविक विजेता लिभरपुल च्याम्पियन्स लिगको पहिलो खेलमै ईटालियन क्लब नापोलीसंग २–० गोल अन्तरले पराजित भएको छ ।
नापोलीको घरेलु मैदानमा अन्तिम १० मिनेट सम्हालिन नसक्दा लिभरपुलले हार ब्यहाेर्याे । उसले अन्तिम ८ मिनेटमा दुई गोल खान पुग्याे ।
लिभरपुललाई स्तब्ध बनाउन नापाेलीका लागि मार्टिनेज र लोरेन्टीले समान एक एक गोल गरे । पहिलाे हाफ गाेलरहित बराबरी भएकाे खेलकाे ८२ औ मिनेटमा मार्टिन्सले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि ईन्जुुरी समयमा लोरेन्टीले गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरेका थिए ।
प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय