चेल्सीको च्याम्पियन्स लिगको कमब्याक खेल निकै खराव भएको छ । गएराति भएको समुह चरणको पहिलो खेलमा चेल्सी घरेलु मैदानमा भ्यालेन्सियासँग एक शुन्यले पराजित भयो ।
च्याम्पियन्स लिगमा प्रशिक्षकका रुपमा डेब्यु गरेका फ्रांक लाम्पार्डको पनि सिजनको सुरुवात खराव भएको छ । स्ट्याम्फोर्ड ब्रिजमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । तर ७४ औं मिनेटमा भ्यालेन्सियाले खेलमा अग्रता बनायो । उसलागि रोद्रिगोल गोल गर्न सफल भए ।
त्यसअघि चेल्सीले युवा खेलाडी मसोन मोउन्टलाई चोटका कारण खेलबाट बाहिर पठाउनु बाध्य हुनुपरेको थियो । तर ८७ औं मिनेटमा चेल्सीले पेनाल्टीको अवसर पायो । रेफ्रिले भिएआरको सहयोगमा दिएको पेनाल्टीलाई चेल्सीले सदुपयोग गर्न सकेन ।
उसका लागि सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका बार्रक्लेले गरेको प्रहारले सहित दिशा लिन सकेन । सन् २०१४ पछि चेल्सीका लागि पेनाल्टी प्रहार गर्ने उनी पहिलो इंग्लिस खेलाडी थिए । सो बेला लाम्पार्ड आफैले पेनाल्टी प्रहार गरेका थिए । यो हारले चेल्सीलाई केहि कठिन भएको छ । अब उसले लिली र गत सिजनको सेमिफाइनलिस्ट आयाक्सँग खेल्नेछ ।
प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय