जर्मन बुन्डेसलिगामा साविक विजेता बार्यन म्युनिख बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा एफसी लिपजिगसँग एक एक गोलको बराबरीमा रोकियो ।
लिपजिगको घरेलु मैदानमा बार्यनले एक गोलको अग्रता जोगाउन सकेन । खेलको तेस्रो मिनेटमा नै रोबर्ट लेवान्दोस्कीको गोलमो बार्यनले अग्रता बनाएको थियो । उनले थोमस मुलरको पासको सदुपयोग गरेका थिए । तर पहिलो हाफका इन्जुरी समयको तेस्रो मिनेटमा लिपजिगले पेनाल्टीको अवसर पायो । जसलाई फार्सबर्गले गोल गर्दै टिमलाई बराबरीमा पुर्याए ।
पहिलो हाफ एक एक गोलको बराबरी भएको खेलको दोस्रो हाफमा दुबै टिमले गोलको प्रयास गरेपनि सफल भएनन् । जसका कारण बार्यनले दोस्रो बराबरी खेल्यो । यो बराबरीले लिपजिग १० अंकका साथ लिगको शिर्ष स्थानमा रहेको छ भने बार्यन आठ अंकका साथै तेस्रो स्थानमा रहेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय