इंग्लिय प्रिमियर लिगको साविक विजेता म्यान्चेस्टर सिटीले अप्रत्यासित पराजय ब्यहोरेको छ ।
यसै सिजन प्रिमियर लिगमा बढुवा भएको नोरिच सिटीले पाहुना टोली म्यान्चेस्टर सिटीलाई ३-२ गोलले स्तब्ध पारेको हो ।
सिटीका लागि नयाँ सिजनमा पाँचौं खेलमा पहिलो पराजय हो । नोरिजका लागि भने पाँचौं खेलमा दोस्रो जित हो ।
खेलको १८ औं मिनेटमै किन्नी म्याकलीनको गोलमार्फत अग्रता बनाएको घरेलु टोली नोरिचले त्यसको १० मिनेटपछि अर्को गोल थप्यो । यसपल्ट टड क्यान्टवेलले गोल गरेका थिए ।
सर्जियो एग्यूरोले ४५ औं मिनेटमा गोल फर्काएपछि पहिलो हाफमा नोरिचले २-१ को अग्रता बनाएको थियो ।
दोस्रो हाफको सुरुमै नोरिचले ३-१ को अग्रता बनायो । तिमू पुक्कीले गोल गरेका थिए ।
८८ औं मिनेटमा गाव्रियल जेससको पासमा रोड्रि अर्नान्डेजले गोल गरी खेलमा फर्काउने प्रयास गरे पनि ढिला भइसकेको थियो ।
अग्रता बनाएपछि रक्षात्मक रणनीति लिएको नोरिचबिरुद्ध बल पोजिसन हासिल गरे पनि सिटीले आवश्यक गोल गर्न सकेन ।
प्रकाशित मिति: बिहीबार, भदौ २६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय