हिमाल दैनिक
बार्सिलोनाको सहज जितमा स्वारेजको २ गोल
FCB-Win-2
स्पेनीस ला लिगामा साविक विजेता बार्सिलोनाले भ्यालेन्सियामाथि सहज जित निकालेको छ । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई पाँच दुई गोल अन्तरले हरायो। उसको जितमा लुइस स्वारेजले दुई गोल गरे भने १६ बर्षे युवा खेलाडी अंसु फाटीले सिनियर टिमबाट डेब्यू गोल गर्न सफल भए । खेलको दोस्रो मिनेटमा नै फाटीको गोलमा बार्सिलोनाले अग्रता बनायो। उनले डी जोङको पासको फाइदा उठाएका थिए । त्यसपछि सातौं मिनेटमा फाटीको पासमा डी जोङले नै गोल गर्नै बार्सिलोनाको अग्रता दोब्बर पारे। २७ औं मिनेटमा भ्यालेन्सिले केभिन गेमिरोको गोलमा अन्तर दुई एकमा झारेको थियो। पहिलो हाफ दुई एकको अवस्थामा रहेको खेलको ५१ औं मिनेटमा जेरार्ड पिकेले गोल गर्दै बार्सिलोनालाई पुन अग्रता बढाए त्यसपछि ६१ औं मिनेटमा लुइस स्वारेजले अरथरको पासमा बार्सिलोनाका लागि चौथो गोल गर्दै ३-१ ले अघि बढाए। ८२ औं मिनेटमा एन्टोइन ग्रिजमनको पासमा लुइस स्वारेजले नै ब्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौ गोल गरे । खेलको इन्जुरी समयमा भ्यालेन्सियाका लागि मारीयो गोमेजले गोल गर्दै अन्तर पाँच दुईमा झारेका थिए। तर त्यसपछि पाहुना टिम भ्यालेन्सिया खेलमा फर्कन सकेन र पराजित भयो। जितसँगै बार्सिलोनाले चार खेलमा सात अंक बनाएको छ।
प्रकाशित मिति: बिहीबार, भदौ २६, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update