इंग्लिस प्रिमियर लिगमा चेल्सीले उल्भरह्याम्टनलाई पाँच दुई गोलले हराएको छ । उसको जितमा केभिन अब्राहमले ह्याट्रिक गरे ।
सुरुवाती आधा घण्टा गोलरहित बराबरीमा रोकिएको चेल्सीले ३१ औं मिनेटमा फिकायाे टोमोरीको गोलमा अग्रता बनायो । त्यसपछि अब्राहमले लगातार तीन गोल गर्दै चेल्सीको अग्रता चार शुन्यमा पुर्याए । उनले ३४ औं, ४१ औं र ५५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे ।
६९ औं मिनेटमा अब्राहमले नै आत्मघाती गोल गरेपछि उल्भ्सले अन्तर चार एकमा पुर्यायो । त्यसपछि ८५ औं मिनेटमा मासाेना कुर्टिनोले गोल गर्दै चेल्सीको अग्रता चार दुईमा झार्यो । तर ९० औं मिनेटमा माउन्टोले गोल गरेपछि चेल्सीले पाँच दुईको जित निकाल्यो ।
जितसँगै चेल्सीले पाँच खेलमा ८ अङ्क बनायाे ।
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय