हिमाल दैनिक
महिला क्रिकेट : दोस्रो चरणमा २५ खेलाडी छनोट
67957737_10162040777180612_2771060234490216448_n-1
घरेलु मैदानमा हुने १३ औं दक्षिण एसियाली सागको लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीअन्तर्गत दोस्रो चरणमा २५ खेलाडी छनोट भएका छन् । पहिलो चरणबाट १० खेलाडी बाहिरिएका हुन् । राष्ट्रियखेलकुद परिषद (राखेप) का संयोजक शैलेश कर्मचार्य र प्रमुख प्रशिक्षक जगत टमटाले पहिलो चरणबाट दोस्रो चरणका लागि २५ खेलाडी छनोट गरेका हुन् । ३५ खेलाडीलाई राखेर एक महिना अघि देखी बन्द प्रशिक्षण सुरु भएको थियो । सागमा गोल्ड मेडल (स्वर्ण) जित्ने लक्ष्यका साथ टोली टियु क्रिकेट मैदानमा जगत टमटाको प्रमुख प्रशिक्षकत्व प्रशिक्षण गरिरहेको छ । नेपालले साग अघि विदेशी टोलीसँग अभ्यास खेल्ने कार्यक्रम रहेको छ । २५ खेलाडीको नामवली १.रुबिना क्षेत्री बेलबासी, २.सिता राना मगर, ३.करुणा भण्डारी, ४.इन्दु वर्मा, ५.काजोल श्रेष्ठ, ६.सरिता मगर, ७.सोनु खड्का, ८.नेरी थापा, ९.ज्योती पाण्डे, १०.रोमा थापा, ११.रश्मी शर्मा चौलागाई , १२.अंजली चन्द, १३.ममता चौधरी, १४.डली भट्ट, १५.अप्सरी बेगम, १६.कविता कुवँर, १७.सुमन बिष्ट, १८.अश्मिना कर्मचार्य, १९.बिन्दु रावल, २०.आरती बिडारी, २१.सुमन खतिवडा, २२.सरस्वती चौधरी, २३.संगिता राई, २४.सबनम राई, २५.रेवती धामी
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update