ब्राजिलियन सुपरस्टार फुटबलर रोनाल्डिन्होले ३९ बर्षको उमेरमा सन्यास फिर्ता लिएका छन । उनले कोलम्बियाको साटा फी बाट फेरी फुटबल खेल्ने भएका छन ।
२०१८ को जेनेवरीमा सक्रिय खेलाडी जीवनबाट सन्यासको घोषणा गरेका रोनाल्डिन्होले फेरी थन्क्याएको बुटलाई पहिरीने भएका छन । विश्व फुटबलमा सफल फुटबरलरको पहिचान बनाएका उनले यहि अक्टोबर १७ तारिखमा हुने मैत्रीपुर्ण खेलबाट फेरी फुटबल मैदानमा खेलाडीका रुपमा देखिने भएका छन । उमेरलाई पनि चुनौती दिदै उनले कोलम्बियाको सर्वाधिक सफल क्लवबाट कमब्याक गर्ने भएका छन ।
उनले कोलम्बियाको डर्वीमा पनि खेल्नेछन । जसमा अमेरीका र डिपोर्टिभो काली विच प्रतिस्पर्धा हुनेछ । २ पटकका फिफा बर्ष खेलाडी समेत रहि सकेका उनी २००२ मा ब्राजिलले विश्वकपको उपाधि जित्दा टिमका सदस्य रहेका थिए ।
उनका बुवाआमाले गुइबा नदीमा फिसिङ प्ल्यार्टफर्म अबैधानिक रुपमा खोलेको भन्दै अदालतले २ दशमलव ३ मिलियन डलर जरिवाना लगाएको थियो । त्यहि केशमा उनलाई पनि अदालतले देश बाहिर जाँदा अनुमती लिनुपर्ने निर्देशन दिएको थियो ।
यदि अदालतले उनलाई बुवाआमाको जरिवाना नतिरेको भन्दै देशबाहिर जान रोक लगाएको थियो । अब उनको यो निर्णयमा अदालतको पक्षलाई कसरी सम्हाल्नेछन त्यो बाँकि छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय