हिमाल दैनिक
बंगलादेश प्रिमियर लिग बीपीएल अबदेखि नहुने
BPL
बंगलादेश प्रिमियर लिग बीपीएल अबदेखि नहुने भएको छ । बंगलादेश क्रिकेट बोर्डले बीपीएललाई खारेज गर्दै टी–२० टुर्नामेन्ट आयोजना गर्ने जनाएको छ । बंगलादेश क्रिकेट बोर्ड र फ्रेन्चाइज टिमबीच भएको वैठकमा कुरा नमिले पछि बोर्डले बीपीएल गर्न अनुमति नदिने निर्णय गरेको अध्यक्ष नजमुल हसनले बताए । बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुलले फ्रेन्चाइज टिमलाई नयाँ सम्झौता गर्न आग्रह गर्दा उनीहरुले अस्वीकार गरेकाले यस्तो निर्णयमा पुगेको बताए । यस पटक देखि बीपीएलको साटो अस्ट्रेलियाको बिग बास लीगको मोडेलमा खेल सञ्चालन हुने छ । टी २० टुर्नामेन्ट बंगलादेशका राष्ट्रपिता शेख मुजीबर रहमानको १०० औं जन्म जयन्तीको अबसरमा आयोजना गर्ने जनाइएको छ । यस्तै ‘हम अगमिन टी–२०’ को पनि नाम परिवर्तन गरेर अबदेखि बंगबन्धु टी–२० राख्ने निर्णय गरिएको छ । गत संस्करणको बीपीएलको उपाधि कोमिल्ला भिक्टोरियनले जितेको थियो । बीपीएलमा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने सिलेट सिक्सरबाट खेलेका थिए ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update