सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको छनोट चरण पार गर्नका लागि नेपाली टिम आज चाइनीज ताइपेईसँग खेल्दै छ ।
ताइपेई मुन्सिपालिटी स्टेडियममा अपरान्ह ४ः५५ मा हुने खेलमा नेपालले अंक जोड्ने प्रयासमा हुने छ । पहिलो खेलमा कुवेतसँग लज्जास्पद हार व्यहोरेको नेपाल उक्त हारलाई विर्सदै नयाँ रणनीतिका साथ मैदान उत्रने तयारी गरेको छ ।
नेपालले हालै भएको मैत्रीपूर्ण खेलमा पनि ताइपेईसँग १–१ गोलको बराबरी खेलेकाले मंगलबारको खेललाई अलि सहजरुपमा लिएको छ ।
नेपाली टिमका मुख्य प्रशिक्षक योहान कालिनले ताइपेईसँग मैत्रीपूर्ण खेलमा गरेको प्रदर्शनलाई निरन्तरता दिन सके जित टाढा नभएको बताएका छन् ।
नेपाली टिमका कप्तान किरण चेम्जोङले समेत ताइपेइविरुद्व खेलका लागि आफुहरुले उत्कृष्ट खेल खेल्ने बताए । तयारी राम्रो गर्न नपाए पनि खेलाडीहरुले राम्रो खेल्ने र नतिजा पनि राम्रो आउनेमा आफू विश्वस्त रहेको दावी गरे ।
प्रकाशित मिति: शनिबार, भदौ २१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय