हिमाल दैनिक
यू१९ एसिया कप : नेपाल ‘गर वा मर’ को अवस्थामा
wn-1
श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले आज (आईतबार) बंगलादेशसंग खेल्दैछ। कोलम्बोमा हुने खेल बिहान सवाँ १० बजे सुरु हुनेछ । पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलंकासंग डीएल पद्वतीका आधारमा ५ विकेटले पराजित भएको थियो । प्रतियोगितामा नेपाल ‘गर वा मर’को अवस्थामा छ । शुक्रबार आयोजक श्रीलंकासँग पराजित भएपछि अघिल्लो चरण कठिन भएको हो । आजको खेलमा नेपाल विजयी भए अघिल्लो चरणको सम्भावना कायमै रहनेछ । पराजित भए सेमिफाइनल खेल्ने सम्भावना सकिने छ । नेपालले पहिलो खेलमा श्रीलंकाविरुद्ध कमजोर प्रर्दशन गरेको थियो । श्रीलंकासँग नेपालका ७ ब्याट्सम्यानलले दोहोरो अंकमा रन जोड्न सकेनन् । रित गौतमले ५५ र कप्तान रोहित कुमार पौडेलले ४७ रन प्रहार गर्न बाहेक अन्य ब्याट्सम्यानको प्रर्दशन चिन्ताजकन थियो । बलिङमा पनि नेपालले अपेक्षाकृत प्रर्दशन गर्न सकेन । पहिलो खेलको प्रर्दशन अनुसार नेपालले बंगलादेशविरुद्ध आफ्नो प्लेइङ ११ मा केहि फेरबदल गर्न सक्छ । उता बंगलादेशले पहिलो खेलमा यूएईलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । बंगलादेशको टोलीमा गत वर्ष यू१९ विश्वकपमा शतक प्रहार गर्ने तौहीद हृदोय देखी बंगलादेश प्रिमियर लिग खेलि सकेका खेलाडी छन् । गत वर्ष यू१९ विश्वकप खेलेका तौहीद हृदोयलाई उप कप्तानको जिम्मेवारी दिएको छ । उनले विश्वकपमा ६ खेलमा १ शतक सहित १ सय ५४ रन जोडेका थिए । भारतविरुद्ध त्रिकोणात्मक सिरिजमा शतक प्रहार गर्ने तनजीद हसन र मोहम्मुद हसन जोय पनि नेपाललाई घातक बन्न सक्छन् । यता समुह ए मा भारत र अफगानिस्तानले लगतार दुबै खेल जित्दै सेमिफाइनलमा प्रवेश गर्दा पाकिस्तान र कुवेत एक खेल अगावै बाहिरिएका छन् । नेपालको पूर्ण टोली : रोहितकुमार पौडेल (कप्तान),पवन सर्राफ,कमलसिंह ऐरी,रित गौतम,हरिबहादुर चौहान,भिम सार्क, मोहमद आसिफ शेख,सन्दीप जोरा,कुशल मल्ल,राशिद खान,सगर ढकाल,खडक बहादुर बोहोरा,सूर्य तामाङ,लोकेश बम र प्रतिस जि.सी. बंगलादेशको पूर्ण टोली : अकबर अली (कप्तान), तोहीद ह्रिदोय (उप कप्तान), रकिबुल हसन, मिर्टुनजोय चौधरी निपुर्ण, शरिफुल इस्लाम, तनिज हसन, तजिम हसन सकीब, मोहम्मद हसन इमोन, मोहम्माद शाहिन एलोम, अनिक शरकिर, मिनजुर रहमान मोहन, मोहम्मद हसन जोय, अस्रफुल इस्लाम सलिम, समिम हसन सहादत हसन ।
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update