युरो कप छनोट अन्तर्गत पोर्चुगलले सर्वियालाई ४–२ गोल अन्तरले हराएको छ ।
नेसन्स कपको विजेता पोर्चुगलले ४२ औ मिनेटमा विलियम कार्वाल्होले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । गोनकलो गेदेसले ५८ औ मिनेटमा पोर्चुगलको अग्रता दोब्बर पारे ।
६८ औ मिनेटमा सर्वियाका मिलिनकोभिकले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने कोशिश गरेका थिए । ८० औ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई ३–१ ले अघि बढाए ।
मित्राोभिकले ८५ औ मिनेटमा गोल गर्दै गोल अन्तर घटाउने काम गरेका थिए । तर खेल सकिन चार मिनेट बाँकी छदाँ बर्नार्डो सिल्भाले गोल गर्दै पोर्चुगललाई फराकिलो जित दिलाए ।
समुह बीको दोस्रो स्थानको पोर्चुगलले तीन खेलबाट ५ अंक जोडेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय