फिफा विश्वकप छनोटको दोस्रो चरणको खेल अन्तर्गत चाइनीज ताइपेइ टिम विरुद्धको खेलका लागि नेपाली टिम आज चाइना प्रस्थान गर्दैछ ।
कुवेत विरुद्धको खेलमा सात शुन्यको लज्जास्पद हार ब्यहोरकोे नेपाल आज विहान काठमाडौं पुगेर केहि घण्टाको विश्रामपछि फेरी चाइना उड्ने छ ।
शुक्रबार राति भएको खेलमा नेपालले कुवेतसँग फराकिलो हार ब्यहोरेको थियो । यहि २४ गते ताइनिज ताइपेइसँग खेल्ने तालिका रहेको नेपालले केहि घण्टाको विश्रामपछि फेरी चीन तर्फ लाग्नेछ । टिम आजराति नै चीन उड्नेछ ।
कुवेत विरुद्धको खेलमा निकै खराव प्रदर्शन गरेको नेपालले चाइनीज ताइपेइ विरुद्ध भने सकारात्मक नतिजाको अपेक्षा गरेको छ । अहिलेसम्म एक खेलमात्र खेलको चाइनीज ताइपैई टिम नेपाल भन्दा बलियो टिम नै रहेको छ । यसअघि जुनमा भएको मैत्रीपुर्ण खेलमा नेपालले चाइनीज ताइपेइसँग बराबरी खेलेको थियो ।
सो खेलमा पनि नेपालले एक गोलले पछि परेको अवस्थामा बराबरी गरेको हो । यदि नेपालले यो खेलमा अंक बटुल्न सकेमा टिमको मनोबल बढ्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय