एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आज घरेलु टिम श्रीलंकासँग खेल्नेछ ।
श्रीलंकाको रणसिंघे प्रेमदाशा क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार विहान सवा १० बजेबाट सुरु हुनेछ । आजकाे खेलमा बर्षाले खेल प्रभावित हुने ठुलाे सम्भावना रहेकाे छ । दिउसाे १२ बजेपछि काेलम्बाेमा बर्षाकाे सम्भावना देखाएकाे छ ।
प्रतियोगिताको शुरुवात नै बलियो घरेलु टोलीसँग खेलेर गर्नु पर्ने चुनौतिमा रहेको नेपालले अहिलेसम्म श्रीलंकालाई पराजित गर्न सकेको छैन ।
नेपाली टोलीले पहिलो पटक श्रीलंकासँग सन् २००० मा आईसीसी यु–१९ विश्वकप सुपर लिगको समूह दुई मा प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाली टोलीको कप्तान विनोद दासले गरेका थिए । जुन खेलमा नेपाल ९ विकेटले पराजित भएको थियो ।
हेड टु हेड
एसिया कपमा नेपालले ५ वटा खेल श्रीलंकाको यु–१९ टोलीसँग खेलिसकेको छ । तर, सबैमा नेपालले पराजय व्यहोर्दै आएको छ ।
पहिलो भेट नेपालले पहिलाे खेल सन् २००० जनवरी २० खेलेको थियो । उक्त खेलमा आईसीसी यु–१९ विश्वकप सुपर लिगको समूह दुई अन्तरगत नेपाल र श्रीलंकाले खेलेका थिए भने खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले मात्रै ८९ रन बनाएपछि श्रीलंकाले १ विकेट गुमाएर १८ ओभर तीन बलमा लक्ष्य पुरा गरेको थियो ।
दाेस्राे भेट नेपालले २००८ फ्रेब्रेअरी १८ मा आईसीसी यु–१९ विश्वकपको समूह चरणमा यी दुई टोलीको भेट भएको थियो भने उक्त खेलपनि नेपालले ६१ रनले गुमाएको थियो ।
तेस्रो भेट सन् २०१२ अगस्ट २० मा आईसीसी यु–१९ विश्वकप क्वाटरफाइनलको प्लेअफ खेलमा भएको थियो । त्यो खेलमा श्रीलंकाले नेपाललाई ८ विकेटले पराजित गरेको थियो ।
चाैथाे भेट सन् २०१६ मा खेलेको थियो । जसमा जनवरी २५ मा भएको यु–१९ विश्वकपको वार्म अप खेल थियो । उक्त खेलमा नेपाल ६५ रनले पराजित भएकाे थियाे ।
पाँचाै भेट नेपालले श्रीलंकासँग २०१६ कै डिसेम्बर महिनामा खेलेको थियो । जसमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दा पनि हार व्यहोर्नु परेको थियो । यु–१९ एसिया कपको समूह ए मा रहेको श्रीलंकाले दिएर २ सय २७ रनको लक्ष्य पछ्याएको नेपालले २ सय २६ रनमा अलआउट भएपछि रोमाञ्चक खेलमा नेपाल १ रनले पराजित भएको थियो ।
१ रनले पराजित भएको नेपालका लागि सर्वाधिक ९० रन बनाएका कप्तान दिपेन्द्रसिंह ऐरी १० रनले शतक बनाउनबाट चुकेका थिए । उनले ९९ बलको सामना गर्दै ९ चौका र १ छक्का प्रहार गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, भदौ १७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय