हिमाल दैनिक
नजामती कर्मचारीको अवकास उमेर हद ६० वर्ष
71936352_2437650413219330_5762059370477125632_n
नजामती कर्मचारीको अवकास उमेर हद ६० वर्ष हुने भएको छ । यसअघि निजामती सेवा ऐनमा निजामती कर्मचारीको अवकासको उमेर हद ५८ वर्ष थियो । राज्य व्यवस्था समिति बैठकमा निजामती कर्मचारीको सेवा अवधि दुई वर्ष थप गर्दै ६० वर्ष बनाउने बिषयमा सहमति जुटेको हो । सिंहदरबारमा बिहिबार बसेको समिति बैठकमा संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथिको प्रतिवेदनमा भएको छलफलका क्रममा अवकासको उमेर हद हरेक वर्ष ६–६ महिना थपिने र २०२१ सालदेखि मात्र पूर्ण रुपमा लागू हुने गरी कानूनी व्यवस्था गर्ने सहमति जुटेको छ । यसअघि लोक सेवा आयोगले सरकारलाई सबै कर्मचारीहरुको अवकाशको उमेर हद ६० वर्ष कायम गर्न सुझाव दिएको थियो । बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामति प्रशासनको सुधारका लागि सरकार सदैव सकारात्मक भएर अघि बढ्ने बताए। मुलुकमा भएको राजनीतिक परिवर्तनसँगै कर्मचारी ऐन पनि परिवर्तन गरेर अघि बढ्नुपर्ने उनले बताए ।   बैठकमा सांसदहरुले ज्येष्ठताको आधारमा भन्दा पनि कार्यक्षमताका आधारमा कर्मचारीको बढुवा गर्नुपर्नेमा जोड दिएका थिए । त्यस्तै उनीहरुले राम्रा काम गर्ने कर्मचारीहरुलाइ सरकारले उचित प्रोत्साहनको व्यवस्था गर्नुपर्ने पनि बताएका थिए । बैठकमा केहि सांसदहरुले भने न्यायाधीश, प्राध्यापक, संवैधानिक निकायका अधिकारीहरुका साथै निजामति कर्मचारीहरुको उमेरहद पनि समान राखिनुपर्ने धारणा राखेका थिए ।  
प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update