हिमाल दैनिक
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बिहिबारको बैठक कोरम नपुगेर स्थगित भएको छ । बैठकमा नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्ने कार्यसूची रहेको थियो । बिहान ११ बजेका लागि बोलाईएको समितिको ६७ औं बैठक एक घण्टा सम्मपनि गणपुरक सांसदहरु नभएपछि आमन्त्रीतहरुलाई फर्काइएको थियो । यसअघि बोलाईएको समिति बैठक पनि कोरम नपुगेका कारण स्थगित भएको थियो ।
प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update