हिमाल दैनिक
सरकारसँग सांसद श्रेष्ठको प्रश्नः उपत्यकामा सफापानी नै पाँइदैन भने डेंगु कसरी फैलियो?(भिडियो सहित)
jeevan ram shrestha
सरकारले देश र जनताको पक्षमा उल्लेखनीय काम गरिरहेको दाबी गरिरहेपनि सत्तापक्षकै सांसदहरुले सरकारको उक्त दाबी पत्याउन अस्विकार गरेका छन्। पछिल्लो समय देशभरी आतंकको रुपमा फैलिएको डेंगु रोगको समस्याबारे प्रतिनिधि सभामा सरकारका स्वास्थ्यमन्त्रीसँग प्रश्नोत्तर गर्दै नकेपा सांसद जीवनराम श्रेष्ठ डेंगु रोगको विषय प्रसंग मिलाएर सरकारले उपत्यकावासीलाई सफा पानी समेत खुवाउन नसकेकोमा आसन्तुष्टि व्यक्त गरे। उनले भने, ‘यो डेंगुको विषयमा संक्रमण सुरु भएपछि लागेको थियो यो काठमाडौंलाई छुदैन कि? किन भने यो सफा पानीमा मात्रै बस्ने भनेको हुनाले काठमाडौंमा सफा पानी नै पाँइदैन। तर, यसलाई सफापानी पनि नचाहिने रहेछछ। सामान्य पानीमा पनि यो डेंगु फैलिने रहेछ।’ सांसद श्रेष्ठले थप्दै भने, ‘माननीय मन्त्रीले यसको विषयमा देखाएको सक्रियता सकारात्मक छ। तर, पनि काठमाडौंभित्रको जनघनत्व छ त्यसमा यसलाई सर्च एण्ड डिस्ट्रेव भन्दा अर्थात खोज र नष्ट गर भन्ने अभियान छ। यहाँ त डेंगु नष्ट होइन मान्छे नष्ट होला कि भन्ने चिन्ता भइसक्यो। यो यति बढिरहेको छ कि जुन अस्पतालमा हेरेपनि डेंगुको विरामीमात्रै भर्ना भइरहेको छ। औषाधीमूलो केही पनि छैन। वेट एण्ड सीको मात्र अवस्था रहेछ। त्यसैले काठमाडौंको जनघनत्वमा यो फिँजिदा विकराल अवस्था ल्याउन सक्छ। यसको निमूल गर्न विशेष अभियान उपत्यकाभित्र चलाउनु पर्यो।’ https://twitter.com/i/status/1174258199010140160
प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update