हिमाल दैनिक
नेकपा सांसदको स्वास्थ्यमन्त्री र राज्यमन्त्रीलाई प्रश्नः के तपाईहरु टेकु जानु भएको छ?
krishna gopal shrestha
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद कृष्णगोपाल श्रेष्ठले डेंगु रोगको विषयमा सरकार र सरोकारवाला मन्त्रीहरु जिम्मेवार नदेखिएको भन्दै उनीहरुको क्षमता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएका छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवमाथि खनिँदै डेंगुको विषयमा सरकारमा मन्त्री र राज्यमन्त्री कानमा तेल हालेर बसेको आरोप लगाए। उनले डेंगु रोगको सन्दर्भमा संसदमा धेरै पटक कुरा उठ्दा उठ्दैपनि स्वास्थ्यमन्त्री, राज्यमन्त्री कानमा तेल हालेर बसेको कारण यसले उनीहरुलाई नछोएको भन्दै यो भन्दा गैरजिम्मेवार के हुन्छ भनि प्रश्न गरे। ‘अन्तिममा संसदमा यसबारे गम्भीर ढंगले कुरा उठिसकेपछि र सभामुखले रुलिङ गरिसकेपछि बल्ल चेत खुल्यो र अहिले उहाँले केही कुरा राख्नु भएको छ। म विल्कुल यसमा सहमत छैन। उहाँको यस्तो गैरजिम्मेवारीप्रति मन्त्रीको जवाफ के छ? अनि केही समयपछि फेरि उहाँ बाहिर जाने भन्ने पनि सुन्दैछौँ। मुलुकमा यत्रो संकट छ फेरि उहाँ बाहिर जाने कुराले यसबाट पनि पुष्टि हुन्छ।’ मन्त्री र स्वास्थ्यमन्त्रीप्रति सांसद श्रेष्ठको आक्रोस यत्तिमै रोकिएन। उनले थप्दै प्रश्न गरे, ‘मन्त्री र राज्यमन्त्री यहाँ हुनुहुन्छ तपाइहरु टेकुमा कहिल्यै जानु भएको छ? टेकु भनेको काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ देशैभरीका डेंगु पीडित आउने ठाउँ त्यहाँ। तीन चारबजेदेखि मानिस लाइन बसछन् तर कुनै व्यवस्थित छैन। सम्माननीय सभामुखमार्फत म जवाफ चाहन्छु, स्वास्थ्यमन्त्रीज्यू तपाई टेकुमा जानु भएको छ? स्वास्थ्य राज्यमन्त्रीज्यू तपाई टेकुमा जानु भएको छ? इपिडिमियोलोजी सरुवा रोग नियन्त्रण महाशाखा त्यहाँ छ जहाँ विरामीले रगत दिन सक्दैनन्। ९ सय रुपैयाँ तिर्छु भन्दा पनि विरामीले रगत दिन पाउँदैनन्।’ जवाफ दिने क्रममा स्वास्थ्यमन्त्री यादवले लामखुट्टेलाई पासपोट र भिसा पनि नचाहिने बताउँदै डेंगुले कोही कसैलाई नातावाद, कृपावादमा कसलाई टोक्ने र कसलाई नटोक्ने भन्ने रहँदैन भन्ने जवाफ दिए। त्यतिमात्र होइन, उनले आफू आजै मात्र टेकु पुगेर आएको बताए। https://www.facebook.com/himaldainik/videos/3288611441149834/
प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update