देशभरी फैलिएको डेंगु रोगको विषयमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रतिनिधि सभामा बुधबार दिएको जवाफप्रति असन्तुष्ट बनेका सत्तारुढ नेकपा सांसद विरोध खतिवडाले व्यंग्यात्मक शैलीमा सरकारी गैरजिम्मेवारी पनको विरोध गरेका छन्।
मन्त्रीसँगको प्रश्नोत्तरका क्रममा उनले भने, ‘अहिल भर्खरै मन्त्रीजीले यसको औषधी पनि उत्पादन नभएको र हामीभन्दा साधन स्रोत सम्पन्न मुलुकहरुले पनि पत्ता लगाउन नसकेको जानकारी दिनु भयो।’
उनले थप्दै भने, ‘अब यहाँ बहसमा धेरै माननीय र मन्त्रीजीले बोल्नु भयो। एउटा उखान छ हामीकहाँ, कहीँबाट उपाय नलागेपछि देवी देवता गुहार्ने। दबाले काम नगरेपछि दुवा। यसबारे हामीकहाँ प्राक्टिस पनि छ सभामुख महोदय, हाम्रै संसदमा पुरानो संसद सिंहदरबारमा संसदीय व्यवस्था ४८ सालमा स्थापना भएपछि संसदेश्वर महादेव भन्ने स्थापना भएको छ। संसदेश्वर महादेव किन भन्दा संसदमा तलमाथि केही नपरोस् भनेर। मेरै जिल्लामा लटरम्मेश्वर महादेव फलफूल लटरम्म फलोस् भनेर। सन्तान भएन भने सन्तानेश्वर महादेव त्यसकार हामीले पनि किन अब लामखुट्टेश्वर महादेव स्थापना गरेर यो रोगव्याध डेंगु नबढोस् भनेर अभियान नचाल्ने? यसतर्फ पनि ध्यान जाओस् धन्यवाद।’
https://www.facebook.com/himaldainik/videos/590937938105606/
प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय