बाँके घटनाको विषयमा प्रमुख प्रतिपक्षी दलले किटानी जाहेरी दर्ता भएको भन्दै सदन चलाउन तयार भएको बेला सत्तापक्षकै सांसदले संसदको बैठक भाँडेका छन्।
कांग्रेस सचेतक पुष्पा भुषालले बाँकेमा भएको कांग्रेसको जागरण कार्यक्रममा सत्तारुढ पार्टीका कार्यकर्ताले प्रवेश गरी आक्रमण गरेकोमा दोषीमाथि कारबाहीका लागि दिएको किटानी जाहेरी आइतबार साँझ मात्रै दर्ता भएकोले दोषीमाथि कारबाहीको माग गर्दै सदन सुचारु गर्न तयार भएको संकेत दिएर बसिन्।
https://www.facebook.com/himaldainik/videos/516704139148786/
तर, त्यसपछि सत्तारुढ नेकपाका सांसद नन्दलालले बाँकेमा केही पनि नभएको र आफ्नो पार्टीका कार्यकर्तामाथि कारबाहीको मागको विरोध गरे।
उनले यदि बाँकेको विषयलाई लिएर कांग्रेसले आन्दोलनको धम्की दिन्छ भने आफूहरु पनि आन्दोलनका लागि तयार रहेको बताएपछि शान्त बनेको संसदभित्र विपक्षी दल आक्रोसित बन्दै वेल घेराउ र नाराबाजी गर्न पुगे।
अहिले प्रमुख प्रतिपक्षी दलका सांसदहरुले सदन घेराउ गर्दै नारावाजी गरिरहेका छन्।
https://youtu.be/sasrCUprG24
प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय