नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले अवलम्बन गरेको परराष्ट्र नीतिले सन्तुलन गुमाएको आरोप उनैको दलका नेताले लगाएका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा सत्तारुढ दल नेकपा नेतृ तथा सांसद पम्फा भुषालले विशेष समय लिएर बोल्दै विश्व दुई ध्रुबमा बाँडिदा पनि स्वतन्त्र र असंलग्न आन्दोलनको नीतिबाट अगाडि बढेर आफ्नो स्वतन्त्र पहिचान बनाएको नेपालको पछिल्लो परराष्ट्र नीति र सिद्धान्त के हो भने जवाफ मागिन्।
चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बिराआइ)को सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण गएर सहभागी हुँदा केही प्रतिक्रिया नदिएको सत्तपक्षकै सांसदले पछिल्लो समय इण्डो प्यासिफिक एलाइन्समा सहभागी हुने विषयलाई भने गम्भीताकासाथ लिन थालेका छन्।
‘दुई ठूला छिमेकीकाबीचमा रहँदा पनि आफ्नो स्वतन्त्र विदेश नीति अवलम्बन गर्न सफल भएको नेपाल तर, अहिले पछिल्लो चोटी आउँदा केही प्रश्नहरु उठेका छन्। भलै घोषित कुनै निर्णय भएको छैन अघोषित ढंगले विभिन्न विषयहरुको उठान गरेका छन्,’ उनले भनिन्।
हालै भारत र चीनका विदेशमन्त्रीहरुले नेपाल भ्रमण गरी फर्किएको विषय सकारात्मक रहेको बताउँदै सांसद भुषालले त्यी मैत्रीपूर्ण भ्रमणका सन्दर्भमा पछिल्लो चोटी पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष कमरेड प्रचण्डले चिनियाँ विदेशमन्त्रीलाई भेटेर नेपाल एक चीन नीतिको पक्षमा भएको र अहिले चर्चामा रहेको इण्डो प्यासिफिक एलाइन्समा नेपाल नभएको भन्ने कुरालाई अमेरिकन राजदूतावासले नेपाल सरकारसँग स्पष्टिकरण माग्दैछ भनेर बाहिर आएको बताइन।
यसबारे के हो नेपाल सरकार भन्न जरुरी छ भन्दै उनले भनिन्, ‘सँगसँगै भर्खरै अगस्ट २३ मा अमेरिकन दूतावासले नपाल सरकारलाई एउटा चिठ्ठी लेखेको छ। अगष्ट २३ मा लेखिएको चिठ्ठीमा आगामी नोभेम्बर ४ देखि १५ मा नेपालको सशस्त्र प्रहरीसित अमेरिकन सेनाले दुईवटा प्रशिक्षण कार्यक्रमको प्रस्ताव गरेको छ। एउटा हाइअल्टिच्युटका नाममा अन्नपूर्ण राउण्ड र अर्को स्वीफ्ट वाटर रेस्क्यू भनेर कुरिनटारमा राख्ने गरी नेपाल सरकारलाई चिठ्ठी लेखेको कुरा जानकारीमा आएको छ।’
नेपाल असंलग्न परराष्ट्र नीतिमा अडिग छ भन्दै उनले कुनै एउटा राष्ट्रले बनाएको एलाइन्समा करिब करिब नाटोको स्तरको विवादस्पद संगठन इण्डो प्यासिफिक एलाइन्समा नेपाल औपचारिक रुपमा आबद्ध छैन र हुन पनि नहुनेमा जोड दिइन्।
पछिल्लो समय चीन र अमेरिकाबीच व्यापारिक विवाद चर्किराखेको अवस्थामा नेपालले आफ्नो असंलग्न परराष्ट्र नीतिलाई अवलम्बन गर्दै हामी कुनै पनि देशको एउटा एलाइन्समा लाग्नु हुन्न भन्ने कुराको स्पष्ट पार्न पनि उनले माग गरिन्।
अमेरिकी सरकारको तर्फबाट आएको प्रस्तावबारे उलने भनिन्, ‘यथाशिघ्र सरकारले त्यो प्रकारको पत्र आएकोबारे सदनलाई जानकारी पनि गराओस् र नेपालको असंलग्न नीतिलाई अबलम्म्बन गरेर त्यस्तो प्रकारको ज्वाइन्ट इण्डो प्यासिफिक एलाइन्स अन्र्तगत नेपालको सशस्त्र प्रहरीसित अमेरिकाको सैन्य अभ्यास नगरियोस भन्ने कुरा माग गर्न चाहन्छु।’
गत असार महिनाको अन्तिम साता पनि यस्तै पस्ताव आएको र त्यतिबेला बाढी पहिरोको सन्दर्भमा गृहमन्त्रालयको ध्यानाकर्षण गराएको बताउँदै उनले भनिन, ‘त्यतिबेला यो रोकिएको थियो अहिले फेरि नयाँ पत्राचार, नयाँ योजना, नयाँ मिति, नयाँ भेन्यु राखेर आएको पत्रको जानकारी भएको छ। यसलाई यथासम्भव नेपालले अस्विकार गरेर आफ्नो असंलग्न परराष्ट्र नीतिमा अडिग रहेर यस्ता गतिविधिमा संलग्न नहुन माग गर्दछु।’
भिडियो हेर्नुहोस
https://youtu.be/7xkblmjmGzQ
प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय